धादिङका प्रोशेस पाण्डेद्वारा भोटको अपिल

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १८, २०८१

धादिङ । माघ महिनाबाट सुरुभएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ मा धादिङको गजुरी गाउँपालिका वडा नं २ बितलबका प्रोशेस पाण्डे कआउट चरण पार गरेर टप १२ मा पुग्दै लाईभ सो चरणमा प्रवेश गर्न सफल भएका छन् ।

अबको फाईनल जितका लागि भोटिङले निर्धारण गर्ने हुँदा भोटिङ गरिदिन पाण्डेले अपिल गरेका छन् । उनले खल्ती एप डाउनलोड गरी भोट गर्न सकिने र क्यू आर मार्फत पनि भोट गर्न सकिने बताए ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाले श्रेष्ठले दृष्टि बिहिन गायक पाण्डेलालाई सफलताको शुभकामना दिँदै प्रीतभाको हौसलाका लागि भोटिङ मार्फत सहयोग गरिदिन समेत आग्रह गरेका छन् । भोटिङ्ग लाइन यहि २०८१ साल चैत्र २२ गते सम्ममात्र खुल्ला रहने छ ।