
धादिङ । ललितपुर महानगरपालिकाको १०६ औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला भलिबल प्रतियोगिता धादिङको नीलकण्ठ नगरपालिकाकाे टिमले जितेकाे छ ।
आज भएकाे फाईनल खेलमा नीलकण्ठले ३-० काे सिधा सेटमा महाकाली ललितपुरलाई पराजित गर्दै उपाधी हात पारेकाे हाे ।
प्रतियोगिताको विजेता बने सँगै नीलकण्ठले २ लाख हात पार्दा उपविजेता बनेकाे महालक्षमीले एक लाख पाएकाे छ ।