
धादिङ । ललितपुर महानगरपालिकाको १०६ औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ ।
बुधबार सेमिफाइनलका खेल सम्पन्न भएसँगै उपाधिका लागि महिला तर्फ धादिङको नीलकण्ठ नगरपालिकाले ललितपुरकाे महालक्ष्मी नगरपालिका सँग आज बिहान १० बजे भिडन्त लागेकाे हाे ।
समिफाईनलमा नीलकण्ठले ललितपुरलाई २५–२० २५–२१ र ३३–३१ काे सेटमा पराजित गरेकाे थियाे । अर्काे सेमिफाइनलमा महालक्ष्मीले बिगुलाई २५–२०, २५–१९ र २५–११ काे सेटमा हराएकाे थियाे ।
उपाधिका लागि अब महालक्ष्मी र निलकण्ठ भोलि बिहान १० बजे खेल्ने छन् भने सेमिफाइनलमा पराजित ललितपुर र बिगुले तेस्रो स्थानमाका लागि बिहान ८ बजे प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। जारी प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहेकाे थियाे भने पुरुषतर्फ १४ टिमको सहभागि थिए।
प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।