बागेश्वरी आविको भवन उद्घाटन

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ११, २०८१

धादिङ । मलेखुबाट ३० किलोमिटर टाढा, धादिङ–चितवन र मकवानपुरको समानामा रहेको बागेश्वरी आधारभूत विद्यालय बेनिघाट रोराङ २ चोतेसको नव निर्मित भवन एक विशेष समारोहका बीच सोमबार उद्घाटन गरिएको छ ।

Verena Selbsthilfe Nepal e.v.germany को १० लाख आर्थिक सहयोग र बेनीघाट रोराङ गाउँपालिकाको प्राबिधिक सहयोगमा भवन निमार्ण गरिएको प्रधानाध्यापक बुद्धिमाया तामाङले बताईन् ।

भवनको उद्घाटन सहयोगी दाताको संस्थाका डा. योर्गन हुज्मान र डा.रुद्दिगर लोमान र पालिका प्रमुख कृष्णबहादुर थपलियाले संयुक्त रुपमा गरेका थिए । यस आधारभूत विद्यालयमा ७१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।