
धादिङ । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ । उक्त प्रदर्शनको तयारी अनुरुपमा माओवादी केन्द्र धादिङले पालिका स्तरीय बैठकहरुलाई तिब्रता दिई रहेको छ ।
काठमाडौंमा हुने उक्त कार्यक्रममा धादिङबाट उल्लेख्य जसहभागिता हुनुपर्ने केन्द्र र प्रदेशको निर्देशन पछि माओवादी केन्द्रले पालिका स्तरीय बैठकलाई निरन्तरता दिएको बताईएको छ ।
नीलकण्ठ, धुनिबेसीको तयारी बैठक सकिसकेको माओवादी केन्द्रले आज खनियाबासको बैठक सम्पन्न गरेको छ बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज पुष्पविक्रम मल्ल, केन्द्रिय सदस्य रामबहादुर भण्डारी, प्रदेश सदस्यहरु सेकेमान तामाङ्ग, मङ्ग बहादुर तामाङ, योवन तामाङ्ग लगायतका नेताहरु सहभागी थिए । बैठकमा नव निर्वाचित पालिका समितिलाई सफत ग्रहण गराईएको थियो ।
चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरुलाई राम्रैसँग जवाफ दिनुपर्ने काठमाडौंमा प्रदर्शनको कार्यक्रम राखेको बताएका छन् ।