
धादिङ । गुजरी गाउँपालिकाको वडा नम्बर २ र ३ मा रहेका ६ महिना भन्दा बढी खान नपुग्ने, अरुको खेतबार कमायर (अधियाँ) खाने गरिब परिवार छनोट गरेर गरिब सँग विशेश्वर कार्यक्रम मार्फत बीउ पाठी वितरण गरिएको छ ।
परियोजना संयोजक आस्मा खतिवडाका अनुसार सात वटा समूहमा आवद्धहरु मध्यबाट गरिब छानेर डुडे ठाँटीमा आज एक कार्यक्रमका बीच १८ जनालाई बीउ पाठी प्रदान गरिएको हो ।
यो कार्यक्रमका लागि हरेक साल यी दुई वडाको लागि वजेट आउने गर्दछ । यो वर्ष २ लाख आएको थियो भत्ता, कार्यालय खर्च कटाएर १ लाख ५३ हजारको बीउ पाठी खरिद गरि गरिवहरुलाई आयआर्जनका लागि वितरण गरिएको संयोजक खतिवडाले बताईन् ।
पाठी वितरण कार्यक्रममा पालिका प्रमुख गणेशलाल श्रेष्ठ, उप प्रमुख शर्मिला बिसुराल, वडा अध्यक्षहरु द्रोण कडेल,ऋषिलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।