अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ७, २०८१

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग तथा धादिङ नेत्रहीन संघ धादिङले अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण गरेको छ ।

दुई दिनको मौरी पालन तालिम पछि समुदायमा आधारित पुनर्स्थापना (CBR) कार्यक्रम अन्तर्गत २० जना अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण गरिएको हो ।

आर्थिक सशक्तीकरण र आत्मनिर्भर जीवनशैली प्रवर्द्धन गर्ने उहाँहरुलाई तालिम सँगै मौरी सहितको घार वितरण पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले बताए ।