धादिङकी धन मगर राष्ट्रिय प्रतियोगितामा ‘म्यान अफ द म्याच’ बन्न सफल

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २, २०८१

धादिङ । अखिल नेपाल कबड्डी संघको आयोजनामा २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिता बागमती प्रदेशबाट उत्कृष्ट खेल प्रदर्शन गर्न सफल धादिङकी खेलाडी धन मगर मधेश प्रदेश प्रदेशको खेलमा ‘म्यान अफ द म्याच’ बन्न सफल भएकी छिन् ।

१० टिमको सहभागिता रहेको यस प्रतियोगितामा दुई खेलमा जित र दुई खेलमा हार बेहोर्दै बागमती प्रदेश सेमिफाईनल पुग्न रोकिएपनि धादिङकी धन मगरले राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी छिन् ।

बागमतीले पहिलो दिन (शुक्रबार) पहिलो खेल सुदुरपश्चिम सँग पराजित हुँदै दोस्रो खेलमा लुम्बीनीलाई हराएको थियो भने दोश्रो दिनको खेलमा सशस्त्र प्रहरी पराजित भएपनि दोस्रो खेलमा मधेश प्रदेश सँगको खेलमा जित निकालेको थियो ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रो हुनेले १ लाख र सेमिफाइनल पुग्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट रेडर र डिफेन्डरलाई ४० इन्चको टिभी पाउने छन् ।