
धादिङ । अखिल नेपाल कबड्डी संघको आयोजनामा २०औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । १० टिमको सहभागिता रहेको यस प्रतियोगितामा बागमती प्रदेशबाट धादिङकी धन मगरले पनि खेलि रहेकी छिन् ।
धादिङका कबड्डी खेलाडी विशाल सापकोटाका अनुसार धादिङकी धन मगर सहभागी बागमती प्रदेशले आज दुई खेल (सुदुरपश्चिम र लुम्बीनी प्रदेश) सँग खेलेको छ । पहिलो खेल सुदुरपश्चिम सँग पराजित भएपनि दोस्रो खेल बागमतीले लुम्बीनीलाई पराजित गरेको छ । बागमती प्रदेशले भोली चैत २ गते सशस्त्र प्रहरी र मधेश प्रदेश सँग खेल्ने छ ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रो हुनेले १ लाख र सेमिफाइनल पुग्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट रेडर र डिफेन्डरलाई ४० इन्चको टिभी प्रदान गरिनेछ ।
प्रत्येक खेलको म्यान अफ दी म्याचले २५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी समेत छनोट गरिने अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्दकुमार झाले बताए ।


