
धादिङ । माओवादी केन्द्र रुवी भ्याली गाउँ समन्वय समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । पालिका अध्यक्ष करिमान तामाङ्को अध्यक्षता र पालिका इन्चार्च मिम्बा तामाङको प्रमुख अतिथि बागमती प्रदेश सदस्य एवम् पालिका अध्यक्ष रामसिङ तामाङ लगायातको आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले चैत मसान्त सम्म सबै वडाहरुको बैठक र पालिकाको जबस र मोर्चाको सम्मेलन सक्ने गरि मिति तय गरेको छ भने पालिका स्तरिया जबस र मोर्चालाई हेर्ने गरि पालिका पदाधिकारिहरुलाई जिम्मेवारी दिएको छ ।
जबस हेर्नेः पालिका सचिव म्लङ्गेतामाङ,पालिका कोषाध्यक्ष लालि माया तामाङ र उपाध्यक्ष गजेन्द्र गुरुङ
मोर्चा हेर्नेः पालिका उपाध्यक्ष बिपिन तामाङ र पालिका उपाध्यक्ष नर बहादुर गुरुङ
पालिका पदाधिकारीहरुलाई वडाको जिम्मेवारी
वडा नं. १ – करिमान तामाङ पालिका अध्यक्ष
वडा नं. २- बबिल घले पालिका सह सचिव र राम बहादुर तामाङ जिसस
वडा नं. ३- लालिमाया तामाङ कोषाध्यक्ष
वडा नं. ४- बिपिन तामाङ उपाध्यक्ष
वडा ५- म्लङ्गे तामाङ सचिव
वडा नं. ६- नर बहादुर गुरुङ उपाध्यक्ष र गजेन्द्र गुरुङ उपाध्यक्ष
बैठकमा वडा नम्बर ५ निबासी सुनार तामाङ नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।