
धादिङ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धादिङ ज्वालामुखी गाउँपालिका ढोला निवासी अश्विन दुवाडीले नेपाल विद्यार्थी संघको तर्फबाट सचिव पदमा उम्मेदवारी दिएका छन् ।
ईन्जिनियरिङ जियोलोजीको टपर विद्यार्थी उनी भुगर्भ शास्त्र केन्द्रीय विभागमा चौथो सेमेष्टर तथा एमबिएस प्रथम सेमेष्टरका विद्यार्थी हुन् । ईन्जिनियरिङ जियोलोजीका टप गर्दै दुवाडी गत मंसिरमा Shimane university Japan मा आयोजित Sakura science exchange program मा नेपालको त्रिभुवन विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै जापान गएका थिए ।
विश्वविद्यालयको विद्यार्थी राजनीतिमा पनि बौद्धिक छविका विद्यार्थी नेताको रुपमा चिनिन्छन् । साहित्य तर्फ कविता , गजल र मुक्तक विधामा कलम चलाउने उनले धेरै साहित्यिक पुरस्कारहरु जितेका छन् भने १४ वर्षकै उमेरमा साहित्यिक किताब “आरम्भ” पनि प्रकाशन गरेका छन् ।
त्रिचन्द्र क्याम्पस घण्टाघरबाट स्नातक गरेका उनी त्यहाँ रहदा विद्यार्थी राजनीति सँग सँगै मानवअधिकारको पक्षमा आवाज उठाउने संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको त्रिचन्द्र युथ नेटवर्कमा आवद्ध भए र संयोजक बनेर नेतृत्व पनि प्रदान गरे ।
त्यसपश्चात एम्नेष्टी इन्टरनेशनल नेपाल राष्ट्रिय बोर्ड अन्तर्गतको “युथ पावर एक्सन ” कमिटीको सदस्य बनेर पनि काम गरे ।
सन् २०१८ मा लियो क्लव अफ काठमाडौं लालिगुँरासको सहसचिव बनेका थिए । हाल नेपाल जेसिसमा आवद्ध उनि वर्ष २०२४ मा बालकोट जेसिसको महासचिव बनेर कार्यसम्पादन गरेका थिए भने हाल वर्ष २०२५ का लागि कार्यकारिणी उपाध्यक्ष छन् ।
त्यस्तै सामाजिक कार्य गर्ने उदेश्यले खोलिएको संस्था ” ढोला काठमाडौं सेवा समाज” पनि उनी सचिव छन् । साहित्य तर्फ उनि नेपाली लेखक संघ काठमाडौंका सदस्य समेत हुन । प्रष्ट वक्ताका छवि बनाएका उनि कुशल कार्यक्रम संचालकको रुपमा चिनिन्छन् । उनै अश्विन दुवाडी अब भने विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत नेतृत्वमा आउने योजनामा छन् ।