
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ ले आज फागु पुर्णिमाकाे अवसरमा वडा भित्र रहेका ९० वर्ष माथिका १५ जना सहित ६८ वर्ष माथिका ३६२ जना जेष्ठ नागरिकहरुलाई एक विशेष समाराेहका बीच सम्मान गर्दै स्वास्थ्य चेक जाँच गरेकाे छ ।
सम्मानित हुने ९० वर्ष माथिका १३ महिला सहित २ पुरुषलाई फाेटाे अंकित कप र दाेसल्लाह ओढाएर सम्मान गरिएकाे थियाे भने अन्य ६८ वर्ष माथिकालाई दाेसल्लाह ओढाएर गरिएकाे थियाे । सम्मानित हुने मध्य सबै भन्दा बढी उमेर सेतीमायाँ तामाङ को १०० वर्ष रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पालिका उप प्रमुख सविता अर्यालले अभिभावहरुलाई एकीकृत रुपमा सम्मान गर्न वडा नम्बर १ ले सुरुवात गरेकाेमा वडाअध्यक्ष पेमा लामालाई धन्यावाद दिँदै गाउँपालिकाले पनि आगामी वर्षकाे वजेटमा जेष्ठना गरिकहरुका लागि विशेष याेजना बनाउने बताएकी थिईन् ।
कार्यक्रमका विशेष अथिति पालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष सागर गुरुङले गाउँपालिका गतिशिल ढंगले चल्न नसकेपनि वडा नम्बर १ का अध्यक्ष पेमा लामाकाे खटाई र नविनतम् जनपक्षिय याेजनाले अाफू प्रभावित हुने गरेकाे बताएका थिए ।
कार्यक्रमका विशेष अथिति रेडक्रस नलाङ उपशाखाका सभापति अमृत गुरुङ (तिलक), स्थानीय दलका प्रतिनिधिले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने सिद्धलेकाे पहिलाे वडा बनेकाेमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति समेत रहेका वडा अध्यक्ष पेमा लामाले जेष्ठ नागरिकहरुका लागि थप केही गर्ने याेजनामा रहेकाे बताएका थिए । बैरेनी देखि वडा कार्यालय सम्म सडक कालाे पत्रे सुरु भएर थप वजेटकाे प्रतिक्षामा रहेकाे, डुम्रेखाेला देखि वडा कार्यालय हुँदै वडा २ सम्म कालाे पत्रे सक्ने, अन्य सडकहरु स्तर उन्नती गर्ने याेजनामा रहेकाे छु तर विकास विराेधीहरु मुद्दा मामिलामा लागेकाले अफ्ट्याराे स्थिति पैदा भएकाे बताएका थिए ।
सम्मान कार्यक्रमका थप तस्वीरहरु धादिङपोष्टको आधिकारीक फेसबुक पेजमा गएर हेर्न सकिने छ ।