खनियाबास ३ मा मौरी पालनका सामाग्री वितरण

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २७, २०८१

धादिङ । गृहिणी महिला शसक्तिकरण कार्यक्रम अन्तरगत मौरी पालनको लागि आवश्यक सामाग्री मौरीको घार, रानि पाता, मह जार, आधार चाका बितरण गरिएको छ ।

आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न आवश्यक सहयोग गरिएको पालिका उप प्रमुख सेक्केमान तामाङले धादिङपोष्टलाई बताए ।

हामीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आए छौं, यसै अनुरुप खनियाबास ३ का गृहिणी महिला शसक्तिकरण कार्यक्रम अन्तरगत मौरी पालनका लागि चाहिने आवश्यक ज्ञान र सामाग्री सहयोग गरिएको हो । खेतबारीमा रासायनिक मल प्रयोगका कारण मौरी मासिने खतरा बढेकाले रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्न अनुरोध गरिएको उनले भने ।