
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा आयोजना गरेको अन्तर वडा आमा समूह लोकगित प्रतियोगिता मिलीजुली आमा समुह वडा नं. ५ ले जितेको छ ।
उक्त प्रतियोगितामा ज्वालामुखी स्वास्थ्य आमा समूह वडा नं. ६ द्वितीय र सातदोबाटो महिला समुह वडा नं. २ तृतीय भएका थिए ।
पालिका अध्यक्ष यामनाथ दनैले प्रतियोगिताका विजयी टिमहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।