
धादिङ । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा धादिङको खनियाबास गाउँपालिकाले आयोजना गरेको अन्तर आमा समूह म्हेँन्दो माया नाच प्रतियोगिता प्रगतिशील आमा समूहले जितेको छ ।
पालिकाका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति समेत रहेका सेक्केमान तामाङका अनुसार उक्त प्रतियोगितामा खनियाबास ३ स्थित प्रगतिशील आमा समूह प्रथम, लालुपाते आमा समूह द्वितीय, डाँफेआमा समूह तृतीय र खनियाबास ४ स्थित मखमली आमा समूह सान्तोना भएका छन् ।
विजेताहरुलाई क्रमश १० हजार, ७ हजार, ५ हजार र २ हजार ५०० पुरस्कार प्रथान गरिएको थियो ।


दश महिला सम्मानित
कार्यक्रममा पालिला भित्रका ३ जाना महिला (सुन माया गुरुङ, सफल महिला उधमी खनियावास, मथुरा तामाङ, व्यवसायी-खनियावास -४ र सबिता तामाङ, व्यवसायी- खनियाबास -४) , प्राशि तृतीय तहमा शिक्षा सेवा आयोगमा हाल सालै नाम निकालेका ६ जाना शिक्षिकाहरु र खनियाबस ३ बिर्चेत निवासी तेक्वान्दो प्रशिक्षक एवम् खेलाडी मारियाम तामाङलाई पालिकाले सम्मान गरेको छ ।
धादिङपोष्टका लागि तस्वीर सौजन्यः सुजन तामाङ