साङ्काेसकाे चाँपेडाडा प्रतिक्षालय पुनर्निर्माण सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २४, २०८१

धादिङ । धादिङबेसी पहरे चाैतारा पारिपट्टी नीलकण्ठ १२ साङ्काेस स्थित चाँपेडाडा प्रतिक्षालयकाे पुनर्निर्माण कार्य सम्पन्न भएकाे छ ।

२०७२ सालमा निर्माण गरिएकाे उक्त प्रतिक्षालय जिर्णभएपछि पुनर्निर्माण गरिएकाे समाजसेवी एवम् मण्डली फ्रुट सेन्टर काठमाण्डौका संचालक स्थानीय पुरुषाेत्तम घिमिरेले बताए ।

पहिला पनि हामीले नै बनाएका थियौं । अहिले पुनर्निर्माण पनि हामी गोविन्द घिमिरे, कुमार, ‘डिमिरे, मण्डली फ्रुट सेन्टर काठमाण्डौ, मण्डली फुट एण्ड मेजिटेवल सप्लायर्स प्रालि, मुक्तिनाथ ग्रिल एण्ड स्टिल उद्योग धादिङ मिलेर गरेकाे उनले बताए ।