
धादिङ । धादिङको खनियाबास गाउँपालिकाले अन्तर आमा समूह म्हेँन्दो माया नाच प्रतियोगिता गरि ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।
पालिकाका उप प्रमुख सेक्केमान तामाङका अनुसार फागुन २४ गते हुने उक्त प्रतियोगिताका विजेता आमा समूहलाई १० हजार, उपविजेतालाई ७ हजार, तृतीयलाई ५ हजार र सान्तोनालाई २ हजार ५०० पुरस्कार वितरण गरिने छ ।
सहभागी आमा समूहको लागि ड्रेस अनिवार्य गरिएको छ, भने खाना तथा खाजा सँगै यातायात खर्च स्वरूप १ हजार ५०० व्यवस्था गरेको छ । कार्यक्रम पालिका कार्यालय परिसरमा हुने जनाईएको छ । फाईल तस्वीर