
धादिङ । धादिङ ज्वालामुखि गाउँपालिका निरज श्रेष्ठले आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि यस एनआर क्याम्पसको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियु एनआर क्याम्पसको उपाध्यक्ष समेत रहेको निरजले विद्यार्थी अधिकार, शिक्षाको गुणस्तर सुधार र क्याम्पस भित्रको भौतिक पूर्वाधार विकासलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन् ।