सुकौराबेसी टोल विकासकाे वनभोज तथा भेला सम्पन्न

Avatar photo
प्रेम नेपाली
सोमवार, फाल्गुन १९, २०८१

धादिङ । सुकौराबेसी टोल बिकास सस्थाको आयोजनामा सामाजिक एकता सदभाव र सहकार्यलाई कायम राखौ भन्ने नारा सहित वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

नीलकण्ठ नगरपालिका बडा न ७ सुकौराबेसीको डलेटारमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न पेसा ब्यबसायमा आवद्ध रहि कारणवस काठमाडौं पोखरा लगायत स्थानमा बसोबास गर्ने सकृय स्थानीय युवायुवतीहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।

उक्त वनभोज कार्यक्रममा भएको भेलाबाट निर्वाचित सन्तोष श्रेष्ठको नेतृत्वको ९ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सस्थाको सस्थापक सल्लाहकार तथा प्रेस सेन्टर धादिङका सहसचिव प्रेम नेपाली “प्रतीक” र सस्थापक सल्लाहकार, समाजसेबी राजन श्रेष्ठले बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त व्यक्त गरेका थिए ।