
धादिङ । माओवादी केन्द्र नीलकण्ठको तेस्रो नगर सम्मेलनबाट अध्यक्षमा अमृत तामाङ चयन भएका छन् ।
उर्गेन स्पोर्टसका संचालनक समेत रहेका तामाङ शुक्रबार धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको तेस्रो सम्मेलनबाट नीलकण्ठको अध्यक्षमा चयन भएका हुन् ।
माओवादी केद्र बागमती प्रदेशका इन्चार्ज हितमान शाक्यको प्रमुख आथित्यतामा भएको उक्त सम्मेलनले ४५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।