माओवादी केन्द्र नीलकण्ठको अधिवेशन आज

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १६, २०८१

धादिङ । माओवादी केन्द्र नीलकण्ठको तेस्रो नगर अधिवेशन आज क्रिक रिसोर्टमा हुने कार्यक्रम रहेको छ । अधिबेशनको उद्घाटन प्रदेश इन्चार्ज हितमान शाक्यले गर्ने जिल्ला संयोजक मनराज भण्डारीले बताए ।

माओवादी केन्द्र धादिङले नीलकण्ठ बाहेक सबै पालिकाको अधिबेशन सम्पन्न गरि सकेको छ । आज नीलकण्ठको अधिबेशन सके सँगै सबै पालिकाको अधिबेशन सकिने छ ।

आजको अधिबेशनमा प्रदेश सह-इन्चार्ज एवम् बागमती प्रदेशका नि वर्तमान मुख्य मन्त्री शालिकराम जम्कट्टेल, जिल्ला इन्चार्ज पुष्पविक्रम मल्ल, केन्द्रिय सदस्य दिपा सिंखडा, रामबहादुर भण्डारी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

नगर कार्य समितिको संयोजकका उर्गेन स्पोर्टसका संचालनक अमृत तामाङ र ग्रामिण यातायात सहकारीका अध्यक्ष बद्री सुवेदी आकांक्षीका रुपमा देखिएका छन् ।