सुमन स्मृति कपकाे सेमिफाइनल समिकरण पुरा

Avatar photo
नारायण सिलवाल
बिहिबार, फाल्गुन १५, २०८१

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा जारी धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएकाे छ ।

फागुन १२ गते देखि जारी यस प्रतियाेगितामा २२ टिमकाे सहभागिता रहेकाेमा अपराजित रहँदै आयाेजक DFC, ARMY, 7HORSE र MYC सेमिफाइनल पुगेका छन् ।

फागुन १६ गते हुने सेमिफाइनल खेल तालिका
7HORSE vs MYC दिनकाे १ बजे
DFC vs ARMY दिनकाे ३ बजे

फागुन १७ गते हुने फाईनल विजेताले १ लाख ७५ हजार, उप विजेताले ७५ हजार र सेमिफाइनलमा राेकिने सान्तोना दुई टिमले २५–२५ हजार पाउने छन् । यो पुरस्कार राशी धादिङ जिल्लाको सर्वाधिक हो ।