
धादिङ । नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोले आयोजना गरेको बागमती प्रदेश काष्ठमण्डप कराते प्रतियोगितामा धादिङका निशान घलेले स्वर्ण पदक जित्न सफल भएका छन् ।
टिम कोच सुदिप श्रेष्ठका अनुसार धादिङबाट उक्त प्रतियोगितामा पाँच जना सहभागी थिए जसमा ५५ केजी तौल समूहमा घलेले स्वर्ण जिते भने काता तर्फ शिशिर दर्लामी मगर र ४० केजी तौल समूहमा सजाना घलेले रजत पदक जित्न सफल भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त प्रतियोगितामा ८ सय २९ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा ४ स्वर्ण र ३ रजत जित्दै काठमाडौं टिम च्याम्पियन, भक्तपुर २ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दोश्रो र २ स्वर्ण, १ रजत र ३ कांस्य सहित तृतीय भएका थिए ।
