
धादिङ । धादिङबेसीमा आजबाट जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेकाे २२ टिम सहभागी सुमन स्मृति कप 9A साईड फुटबल प्रतियाेगिता सुरुभएकाे छ ।
फुटबल प्रतियाेगिता सुरुहुनु अघि बिहान सुमन स्मृति कप दाैड प्रतियाेगिता भएकाे थियाे । ४४ जना धावकहरु सहभागी यस प्रतियाेगितामा राम्जी बस्नेत लमजुङ प्रथम, गणेशसिंह रावत बैतडी द्वितीय र नरेन्द्रसिंह रावत बैतडी तृतीय भएका थिए ।
धादिङ फुटबल क्लव (डिएफसी) ले आयाेजना गरेकाे यस प्रतियाेगितामा धादिङबेसी खुल्लामञ्च देखि ससाह र ससाह देखि पुन: खुल्लामञ्चकाे दुरी लमजुङका बस्नेतले २८ मिनेट २९ सेकेन्डमा, बैतडीका गणेशसिंहले २८ मिनेट ४१ सेकेन्डमा र बैतडी कै नरेन्द्रसिंहले २८ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए । उनीहरु तीनै जना विभागीय टाेली आर्मीका खेलाडी हुन् ।
विजेतालाई कार्यक्रमका प्रमुख अथिति प्रदेश खेलकुद मन्त्री मिनकृष्ण महर्जन, नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले पुरस्कार वितरण गरेका थिए । प्रथमलाई २५ हजार, द्वितीयलाई १५ हजार र सान्त्वनालाई १० हजार नगद प्रदान गरिएकाे थियाे ।