
धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिता भोली देखि (फागुन १२ देखि १७ गते सम्म) धादिङबेसी स्थित खुल्ला मञ्चमा हुँदै छ ।
अध्यक्ष गोपीकृष्ण भण्डारीका अनुसार आज साँझ सम्ममा खेल तालिका सार्वजनिक हुने यस प्रतियोगितामा २२ टिमले सहभागीता जनाउने भएका छन् ।
सहभागी हरेक क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जो ल्याउन पनि पाउने छन् भने पुरस्कार राशी विजेताले १ लाख ७५ हजार, उप विजेताले ७५ हजार र सान्तोना दुई टिमले २५–२५ हजार पाउने छन् । यो पुरस्कार राशी धादिङ जिल्लाको सर्वाधिक हो ।
फुटबल उद्घाटन हुनु अगाडी फागुन १२ गते बिहान ७ बजे खुल्ला दौड प्रतियोगिता पनि हुनेछ, जसको पुरस्कार क्रमसः २५ हजार, १५ हजार र १० हजार रहेको सचिव सारोज पाण्डेले बताए ।
यस प्रतियोगिताका लागि देश तथा विदेशबाट सहयोग जुट्नेक्रम जारी छ । आर्थिकभार बढी भएकोले सहयोग संकलन गरिएको र अझै सहयोगको जरुरत रहेकोले सहयोगको अपेक्षा गरेका छौं अध्यक्ष भण्डारीले धादिङपोष्टलाई बताए ।