गाेठनदेवीकाे नव निर्मित भवन उद्घाटन

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ६, २०८१

धादिङ । रुवी भ्याली गाउँपालिकाको वडा नं.२ तिप्लिङस्थित गोठनदेवी आधारभुत विद्यालय, तिप्लिङ-२ स्थित नवनिर्मित विद्यालय भवन हस्तान्तरणसहित उद्घाटन गरिएकाे छ ।

गोर्खा वेल्फियर ट्रस्टको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन आज एक विशेष समाराेहका बीच हस्तान्तरणसहित उद्घाटन गरिएकाे हाे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामसिंह तामाङले आर्थिक सहयोग गर्ने संस्थाहरु गोर्खा वेल्फियर ट्रस्टलाई धन्यवाद दिदै थप सहयाेगकाे अपेक्षा गर्दै सहकार्यका लागि रूवी भ्याली गाउँपालिका तयार रहेकाे बताएका थिए ।

विद्यालय व्यवस्थापक अध्यक्ष राम बहादुर तामाङले गोर्खा वेल्फियर ट्रस्टकाे यस सहयाेगलाई तिप्लिङवासीहरुले कहिल्यै नभुल्ने बताउदै यस्ताे सहयाेगले विद्यालयको स्तर उन्नति र विद्यार्थीको भविस्य निर्माणमा टेवा पुग्ने बताएका थिए ।