कुपामा आज छेलो प्रतियोगिताको साथमा ल्होछार विशेष कार्यक्रम

Avatar photo
Dhadingpost
शनिबार, माघ २६, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा आज माघ २६ गते छेलो प्रतियोगिताको साथमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको हुने भएको छ ।

विगतका वर्षहरुमा जस्तै कुपाबासीले आज छिमेकी गाउँवासीहरुलाई निम्ता गरि दिवाभोजको कार्यक्रम राखेको छ भने दिउँसो १ बजे छेलो हान्ने प्रतियोगिता र त्यसपछि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती सहित ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने अरुण गुरुङले धादिङपोष्टलाई बताए ।

कुपा युवा समाजले कुपा खेल मैदानमा आयोजन गर्ने उक्त साँस्कृतिक कार्यक्रममा चर्चित म्हेन्दो माया/सेलो साथै लाइभ दोहोरी गायिका सन्जु लामाको विशेष प्रस्तुती रहने छ बताईएको छ ।