मलेखु माछा बजार कप, केके काठमाडौंले जित्यो

Avatar photo
नारायण सिलवाल
शुक्रबार, माघ २५, २०८१

धादिङ । धादिङको मलेखुमा सम्पन्न भएको प्रथम 7A Side मलेखु बजार कप फुटबल प्रतियोगिता के. के. फुटबल क्लव काठमाडौंले जितेको छ ।

२४ टिम सहभागी उक्त प्रतियोगिताको फाईनलमा के. के. काठमाडौं सँग पराजित हुँदै जी. वाई. सी. बेनीघाट रोराङ उपविजेतामा रोकिएको थियो ।

भद्रकाली सामुदायीक समाज गजुरी २ मलेखुले आयोजना गरेको यस प्रतियोगितामा विजेता काठमाडौंले ४० हजार र उपविजेता बेनीघाट रोराङले २० हजार हात पारेका छन् ।