
धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले “शिक्षाको लागि भिक्षा दान अभियान” का लागि आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ जारी छ ।
आज पाँचौ दिन पनि दानदाताहरु उल्लेख्य रुपमा थपिएका छन् । आज मात्रै कन्चन थपलिया र केषा थपलियाले ५ लाख १७ हजार ७७७, हिरालाल थपलिया र मेनका थपलियाले ५ लाख, १५ हजार ५१५, नेपाली संघ संस्था समन्वय समिति अमेरिकाले ५ लाख २१ हजार दान गरेका छन् ।
यस्तै देविस्थान महिला दुग्ध सहकारीले २ लाख १६ हजार, बाेधराज सिलवालले १ लाख ५१ हजार ५५१, उमेश रुवालीले १ लाख ५१ हजार, १५१, मनकला पन्थ थपलिया, सन्दिप थपलिया र कमला थपलियाले १ लाख ११ हजार १११, बेनीघाट राेराङका सूचना अधिकारी परशुराम घिमिरेले १ लाख १२ हजार २२६, विष्णुप्रसाद थपलियाले १ लाख ५ हजार ०६५, राजन भुजेल र निर्मला भुजेलले १ लाख ७ हजार ७७७, जगन्नाथ सिल्वाल र प्रकाश सिल्वालले १ लाख १ हजार १११ दान स्वरुप सहयाेग गरेका छन् ।
त्यसैगरी सायन तिमल्सिनाले २ लाख, टंकबहादुर बस्नेतले १ लाख ११ हजार १११, कुल प्रसाद पाैडेल तेह्रथुमले १ लाख १ हजार १११, नहर्की समाजका केन्द्रीय अध्यक्ष तिलाराम नहर्कीले १ लाख १ हजार ११५, विश्वमणि नहर्की अमेरिकाले १ लाख १ हजार, भराेषा सर्भिसेज काठमाडौंले १ लाख १ हजार, रामकुमार थपलियाले १ लाख १ हजार १११, विनाेद त्रिपाठीले १ लाख ११ हजार १११, पालिका उप प्रमुख टापबहादुर श्रेष्ठले १ लाख ११ हजार १२१, हरिमाया थपलिया परिवारले १ लाख ११ हजार १११, सुन्तलीमाया तामाङ परिवारले १ लाख १ हजार ११५, रामबहादुर रावलले १ लाख १ हजार १११ शैक्षिक सुधार अभियानका लागि आज भागवतमा दान गरेका छन् ।
बेनीघाट रोराङ गाउँपालिका शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि कालिका आवासिय विद्यालय सञ्चालनमा छ ।