बङ्गलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि नेपाली टोलीमा धादिङका प्रमोद छनोट

Avatar photo
Dhadingpost
सोमवार, माघ २१, २०८१

धादिङ । बङ्गलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि नेपाली टोली छनोट गरिएको छ । नेपाली टोलीमा धादिङका प्रमोद श्रेष्ठ पनि पर्न सफल भएका छन् ।

धादिङका प्रमोद आवद्ध काठमाडौं माभरिक्स केहि दिन अघि मात्रै सम्पन्न नेपाल कबड्डी लिग (एनकेएल) मा उपविजेता भएको थियो ।

धादिङ । बङ्गलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि नेपाली टोली छनोट गरिएको छ । नेपाली टोलीमा धादिङका प्रमोद श्रेष्ठ पनि पर्न सफल भएका छन् ।

नेपाल कबड्डी सङ्घले आईतबार १५ सदस्सीय टोली घोषणा गरेको हो । टोलीको कप्तानी घनश्याम रोकामगरले गर्ने छन् ।

टोलीमा रामु टमाटा, सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख सोहेल इस्लाम, मेघराज गिरि र प्रमोद श्रेष्ठ सेमिटिएका छन् ।

उनीहरूबाहेक गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा छन् । वैकल्पिकमा साहिलसहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी छन् ।

सङ्घका अनुसार प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म बङ्गलादेशका विभिन्न शहरमा हुने तय छ ।