
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा यहि माघ २६ गते सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको साथमा छेलो हान्ने प्रतियोगिता हुने भएको छ ।
विगतका वर्षहरुमा जस्तै कुपाबासीले उक्त दिन छिमेकी गाउँवासीहरुलाई निम्ता गरि दिवाभोजको कार्यक्रम राखेको छ भने दिउँसो १ बजे छेलो हान्ने प्रतियोगिता र त्यसपछि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती सहित साँस्कृतिक कार्यक्रम हुने अरुण गुरुङले धादिङपोष्टलाई बताए ।
कुपा युवा समाजले कुपा खेल मैदानमा आयोजन गर्न लागेको उक्त साँस्कृतिक कार्यक्रममा चर्चित म्हेन्दो माया/सेलो साथै /लाइभ दोहोरी गायिका सन्जु लामाको विशेष प्रस्तुती रहने छ भने विगतका वर्षहरुमा जस्तै छेलो हान्ने प्रतियोगिता हुने छ ।