
धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) ले आगामी फागुन १२ देखि १७ गते सम्म धादिङबेसी स्थित खुल्ला मञ्चमा आयोजना गर्न लागेको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताको लागि आर्थिक सहयोग जुट्नेक्रम सुरुभएको छ ।
प्रथम सुमन स्मृति कपको मिति सार्वजनिक हुँदै गर्दा संयुक्त राज्य अमेरिका बस्दै आएका नीलकण्ठ ३ का श्यामकृष्ण भण्डारीले ५१ हजार ५ र हङकङ बस्दै आएका नीलकण्ठ १४ का शंकर गुरुङले ५० हजार सहयोग गरेका छन् ।
यस्तै युके बस्दै आएका गंगाजमुना होटलका संचालक केश बहादुर भट्टले १५ हजार, नीलकण्ठ नगरपालिका १२ का बाघे भण्डारीले ५ हजार, हाल कतारमा रहेका नीलकण्ठ ३ का अविनाश थापाले ५ हजार, हाल क्रोएसियामा रहेका धादिङका बिमल सुबेदीले ५ हजार, युवा समिति अध्यक्ष अध्यक्ष समेत रहेका बिनोद रिजालले ४ हजार ४४४ सहयोग गरेका छन् ।
गोकीकृष्ण भण्डारी अध्यक्ष रहेको धादिङ फुटबल क्लब (डिएफसी) दर्ता भएपछि धादिङबेसीमा हुनलागेको यो प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले समेत सहभागिता जाउन सक्ने छन् ।
प्रतियोगिताको विजेतालाई १ लाख ७५ हजार, उप विजेता ७५ हजार र सान्तोना दुई टिमदाई २५–२५ हजार प्रदान गरिने अध्यक्ष गोपीकृष्ण भण्डारीले बताएका छन् ।