धादिङका दुई विद्यालय विज्ञान विषय अध्यनका लागि छनोट

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १८, २०८१

धादिङ । शैक्षिक सत्र २०८० देखि कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गरिरहेका सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये धादिङका दुई विद्यालयहरु विज्ञान विषय प्रवर्द्धनका लागि छनोट भएका छन् ।

०८१/०८२ मा देशभरबाट ११४ माध्यामिक विद्यालयहरु छनोटमा पर्दा धादिङबाट हालको नीलकण्ठ मावि (नीलकण्ठ बालमन्दिर) र बेनीघाट रोराङ स्थित बागेश्वरी मावि परेका हुन् ।

छनोट भए सँगै यी दुई विद्यालयले विद्यालय विकास प्रस्ताव (SDP) मा उल्लिखित क्रियाकलापहरूमा खर्च गर्ने गरी वार्षिक ६० लाख सम्म अनुदान पाउने छन् ।

धादिङमा कक्षा ११ र १२ मा नीलकण्ठ बाल मन्दिर, बागेश्वरी मावि र चिल्ड्रेन पार्कले विज्ञान विषय पठनपाठन हुँदै आएको छ ।