
धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलाे दिन सबै भन्दा धेरै रकम त्रिशक्ती हाेल्डिङ प्रालिले ११ लाख ११ हजार १११ दान गरेकाे छ ।
उक्त त्रिशक्ती हाेल्डिङका प्रवन्धक रुपक खड्कालाई भावगतमम दाेसल्ला औढाएर सम्मान गरिएको थियाे ।
गुणस्तरिय शिक्षामा समतामूलक पहुँच सुनिश्चित गरि विपन्न तथा सीमान्तकृत र सामाजिक रुपले पिछडिएको समुदायका बालबालिकाहरुको शिक्षा बिस्तारमा गरिएको महायज्ञ राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाले आज एक विशेष समारोहका बीच उद्घाटन गरेका थिए ।
राधिका दासीको मुखारविन्दबाट कथा वाचन सहित
माघ २३ गते सम्म चल्ने यस महायज्ञकाे उद्घाटन कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्य मन्त्रीले शालिकराम जम्कट्टेल, प्रदेश सांसद गाेविन्द लम्साल लगायतको विशेष आथित्यता रहेकाे थियाे ।
बेनीघाट रोराङ गाउँपालिका शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि कालिका आवासिय विद्यालय सञ्चालनमा छ ।