
धादिङ । धादिङबेसी सदरमुकाममा रहेकाे न्यू किबाे बाेर्ङिङ स्कुलले माघ १३ देखि संचालन गरेकाे विद्यालय स्तरीय खेलकुद सप्ताह आज एक समारोहका बीच सम्पन्न गरेकाे छ ।

प्रतियोगिताबाट सिनियर तथा जुनियर दुवै तर्फ नीलो सदन हाउस अफ द इयर बन्न सफल भएकाे छ । जुनियर (प्री-प्राईमरीदेखि ३ ) तर्फ ४१ वटा र सिनियर (३ कक्षा देखि ९ सम्म) तर्फ १८ वटा गोल्ड मेडल हासिल गर्दै नीलो सदन हाउस अफ द इयर बन्न सफल भएको हो ।

विद्यालयको प्रधानाध्यापक प्रयास रेग्मीको अध्यक्षता भएकाे समापन कार्यक्रम तथा पुरस्कार वितरण समाराेहमम जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आथित्यता रहेको थियो ।
