एड्भान्स एकेडेमीको ‘हाजिरी जवाफ’ सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १५, २०८१

धादिङ । धादिङबेसी सदरमुकाम स्थित एड्भान्स एकेडेमीले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको ‘हाजिरी जवाफ’ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा चार (हरियो, पहेंलो, रातो र निलो) सदनका आठ समूहमा विद्यार्थीहरु सहभागी थिए ।

विद्यार्थीहरुको ज्ञान अभिवृद्धि, आत्मविश्वास, सिर्जनशीलता र विश्लेषण क्षमता अभिवृद्धि गर्न, सामाजिक र बौद्धिक विकास, प्रतिस्पर्धात्मक भावनाको विकास, तत्काल सोच र जवाफ दिने, क्षममता विकास, मनोरञ्जनात्मक सिकाईको साथै शैक्षिक रुपमा मात्र नभई व्यावहारिक रुपमा पनि क्षमम हुने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको प्रिन्सिपल भीमबहादुर श्रेष्ठले बताए ।

उक्त प्रतियोगितामा हरियो सदन प्रथम, पहेंलो द्वितिय र रोतो सदन तृतीय भएका थिए । विजय विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले पुरस्कार वितारण गरेका थिए ।