
धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) ले आगामी फागुन १२ देखि १७ गते सम्म प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
पत्रकार सम्मेलन गर्दै धादिङ फुटबल क्लबका अध्यक्ष गोपीकृष्ण भण्डारीले हरेक वर्ष गर्ने गरि यो सुमन स्मृति कप गरिन लागेको बताएका हुन् ।
प्रतियोगितामा हरेक क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जो ल्याउन पनि पायो तर टिम दर्ता गरिएको बेला फोटो सहित नाम दर्ता भएका खेलाडीले खेल्न पाउने अध्यक्ष भण्डारीले भने । प्रतियोगिताको विजेताले १ लाख ७५ हजार, उप विजेता ७५ हजार र सान्तोना दुई टिमदाई २५–२५ हजार प्रदान गरिने जनाईएको छ ।
फुटबल उद्घाटन हुनु अगाडी फागुन १२ गते खुल्ला दौड प्रतियोगिता पनि हुने छ, जसको पुरस्कार क्रमसः २५ हजार, १५ हजार र १० हजार रहेको सचिव सारोज पाण्डेले बताए ।