धादिङकी सनिया आवद्ध बागमती प्रदेश पिएम कप क्रिकेटको सुपर फोरमा प्रवेस

Avatar photo
नारायण सिलवाल
बुधबार, माघ ९, २०८१

धादिङ । धादिङ सिद्धलेक गाउँपालिका ७ निवासी १९ वर्षिय सनिया गिरी आवद्ध बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ।

समूह २ मा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब थिए जसमध्य बागमती र आर्मी सुपर फोरमा पुगेका हुन् भने समूह ए बाट खेलेका लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ क्लब र सुदूरपश्चिम मध्यबाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगेका छन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । दुवै समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।