बागमतीका सबै जिल्लामा माघ १४ गते सरसफाई, १५ गते स्वास्थ्य शिविर र १६ गते प्रभातफेरी

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ८, २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले यहि माघ १४ देखि १६ सम्म तीन दिन विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउन मूल समारोह समिति गठन भएको छ ।

सोमबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो ।

बैठकले माघ १४ गते प्रदेशका जिल्लामा सार्वजनिक स्थल, विद्यालय, स्थानीय बजार क्षेत्रमा सरसफाई गर्ने तथा राष्ट्रिय झण्डा फरफराउने निर्णय गरेको छ ।

माघ १५ गते प्रदेशका १३ जिल्लामा स्वास्थ्य शिविरको आयोजना गर्ने, जिल्लाको सबै विद्यालयहरुमा शहिदको योगदान सम्बन्धि विषयमा निबन्ध प्रतियोगिताको आयोजना गर्ने

यस्तै, माघ १६ गते बिहान प्रभातफेरीका साथ शहिदहरुको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्ने ।