रोटरी धादिङद्वारा गजुरी पिडा माविमा शौचालय निमार्ण

Avatar photo
Dhadingpost
सोमवार, माघ ७, २०८१

धादिङ । गजुरी पिडा माविमा रोटरी क्लव अफ धादिङ र गजुरी गाउँपालिकाको सहयोगमा निमार्ण भएको तीन कोठे छात्रा शौचालय आईतबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

साथै रोटरी क्लव अफ धादिङले विद्यार्थीलाई एक वर्षलाई पुग्ने स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

गजुरी गाउँपालिकाका प्रमुख गणेशलाल श्रेष्ठको प्रमुख आथित्यता र रोटरी क्लब ३२९२ का डीजी राजेन्द्र सेरचनको विशेष आथित्यता रहेको थियो । रोटरी क्लव अफ धादिङका पूर्व अध्यक्षहरु रोहित भण्डारी, भीमबहादुर श्रेष्ठ, कृष्ण लाल श्रेष्ठ, डा. राम रिजाल, अध्यक्ष सुलिप रसाईली लगायतको आथित्यता रहेको थियो ।