
धादिङ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा आयाेजित लेखन दाैड (Writing Competition) प्रतियाेगितामा आठ जनाले रेकर्ड ब्रेक गरेका छन् ।
नीलकण्ठ रीडर्स क्लबले आयाेजना गरेकाे याे दोस्रो लेखन दाैड प्रतियाेगितामा नयाँ नेपालकाे सपना (MY DREAM OF NEW NEPAL) भन्ने शिर्षक दिईएकाे थियाे । याे शिर्षकमा आठ जना विद्यार्थीले लगातार आठ घण्टा १ मिनेट लेखेर यश अघिकाे रेकर्ड ब्रेक गरेका हुन् । गत साल भएकाे पहिलाे लेखन दाैडमा कक्षा नाैमा अध्यनरत अनुस्का केसीले लगातार ६ घण्टा १ मिनेट लेखेर रेकर्ड बानाएकी थिईन् ।
नीलकण्ठ रीडर्स क्लबका शिक्षक संयाेजक दीपेन्द्र रिजालका अनुसार ८ घण्टा १ मिनेट सम्म पनि नराेकिकन लगातार प्रतियाेगी आठ जनाले लेखे समय दिएका थियाैं भने अझै लेख्थे हामी राेक्न वाध्य भयाैं । एउटै शब्द दाेहाेर्याउन नपाउने, शिलशिला बद्ध हुनुपर्ने लगायतका मापदण्ड छ त्यहि मापदण्ड अनुसार दिईएकाे शिर्षकमा लेखेका हुन् अब निर्णायकहरुले अध्यन गरेर मुल्यांकन गरि प्रथम द्धितिय छनाेट गरिने संयाेजक रिजालले बताए ।
५१ जना प्रतियाेगि मध्ये रेकर्ड ब्रेक गर्ने आठ जना
१. आयुष भण्डारी, २. उमा तामाङ, ३. ईशा थापा, ४. राेश्नी तामाङ, ५. प्रिति श्रेष्ठ, ६. अनुस्का केसी ७. उमेश तामाङ, ८. भूमिका तामाङ रहेका छन् ।
नीठकण्ठ बालमन्दिरका विद्यार्थी प्रशंसा गुरुङकाे अध्यक्षतामा रहेकाे रीडर्स क्लबले लेखन दाैड, पाठक प्रतिक्रिया लगायतका क्रियाकलाप गर्दै आई रहेकाे छ ।