धादिङ । नीलकण्ठ रिडर्स क्लवले राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयेजना गरेको पाठक प्रतिक्रिया प्रतियोगितामा सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० जना पुरस्कृत भएका छन् । किन पढ्ने, के पढ्ने, कसरी पढ्ने र पढेर पुस्तक समीक्षा कसरी गर्ने भन्ने विषयमा भदौं २० गते अभिमुखिकरण गरिएको थियो । उक्त अभिमुखिकरण पछि मंगलबार प्रतियोगिता गरिएको हो ।
कार्यक्रम संयोजक तथा नीलकण्ठ बालमन्दिरका शिक्षक दीपेन्द्र रिजालका अनुसार उक्त प्रतियोगितामा ३५ जना विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई विभिन्न पुस्तकहरु अध्यन गर्न गर्न लगाई प्रतिक्रिया दिन लगाईयो र उनीहरुले प्राप्त गरेको प्राप्ताङ्क अनुसार सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० लाई पुस्कृत गरिएको हो ।
शिक्षक रिजालका अनुसार प्रतियोगितामा भाग लिएका ३५ जना पाठक मध्धेबाट सर्वोत्कृष्ट स्थान हासिल गर्ने ईशा थापा, रितिशा रिजाल, अप्सरा तामाङ, हिमाल केसी र रोश्मी सुनार तथा उत्कृष्ट ५ मा पर्न सफल पुजा गुरुङ, भुमिका तामाङ, रशिला अर्याल,आयुशा लम्साल र प्रशंसा गुरुङ पुरस्कृत भएका हुन् ।
प्रशंसा गुरुङको अध्यक्ष्यतामा आयोजित उक्त कार्यक्रममा डा. नवीनबन्धु पहाडी, सहायक प्रअ बिष्णु प्रसाद रिजाल शिक्षकहरु मिना श्रेष्ठ, राजेन्द्र राना, एल यन सुवेदी र नयन केसीले सहजिकरण गरेका थिए ।