धादिङ । बेनीघाट रोराङ गाउँपालिका स्थित ताल्तीमा आज भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ६० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा धादिङ अस्पतालका जनरल फिजिसियन डाक्टर दिनेश रेग्मी सहित २७ जना स्वास्थ्यकर्मीहरुले सेवा दिएका ।
लायन्स इन्टरनेशनल डिस्टिक ३२५ का गभर्नर विनोद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको उक्त शिविरमा धादिङ अस्पतालका अध्यक्ष राधिका सापकोटा, निवर्तमान अध्यक्ष राजाराम रिजाल, बेनीघाट रोराङका पालिका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक), निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरि गरिएको उक्त स्वास्थ्य शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु र मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको अस्पताल निर्देक अधिकारीले धादिङपोष्टलाई बताए ।
लायन्स क्लव अफ काठमाडौं सुर्यमुखी आयोजना, बेनीघाट रोराङ गाउँपालिकाको सह आयोजना र धादिङ अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न गरिएको लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष कृष्ण ढकाल (कृष्ण शिशिर)ले बताए ।
शिविर सकिए सँगै बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख थपलियाले जनस्वास्थ्य कार्यालय धादिङ र धादिङ अस्पताललाई मायाँको चिनो, लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीलाई विशेष सम्मान गर्दै आगामी दिनमा पनि बेनिघाटको विकट वस्तीहरुमा स्वास्थ्य सेवा पुर्याउने कार्यमा सहयोग गर्न अनुरोध गरेका थिए । फोटोः राजाराम शर्मा