धादिङ । गङ्गाजमुना गाउँपालिका स्थित मण्डली माविका शिक्षक किशुन कुमार शाह माथि विद्यालय मै कुटपिट भएको छ । घाईते शाहलाई उपचारको लागि काठमाडौं लगिएको विद्यालयले जनाएको छ ।
पुस १४ गते करिव ३:४० देखि ४:०० बजे सम्म बीस मिनेटको समयमा विद्यालयका गणित शिक्षक किशुन कुमार शाह माथि ७ जनाको अराजक समुहले सांघातिक आक्रमण गरी घाइते बनाएको व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ५ का वडा अध्यक्ष कसुमार अधिकारीले धादिङपोष्टलाई बताए ।
कुटपिटमा संलग्नहरु विरुद्ध किटानी जहेरी समेत प्रहरीको दिईएको उनले बताएका छन् भने विद्यालयको तर्फबाट घटनाको विरोधमा विज्ञप्ती समेत जारिगरिएको छ ।