धादिङ । धादिङको गंगाजमुना वडा म्बर ५ को वडा शिक्षा समितिले श्रुतिलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
वडामा रहेको विद्यालय स्तरीय यो प्रतियोगितामा तहगत प्रतिस्पर्धा गराईएको थियो । जस अनुसार कक्षा १–३ तर्फ
विवेक नेपाली मण्डली मावि प्रथम, दिविसा गुरुङ सरस्वती आवि मजुवा द्वित्तीय, कमन राना मगर तृतीय र शिव बुढाथोकी गङ्गाजमुना एकेडेमी सान्त्वना भएका थिए ।
यस्तै कक्षा ४-५ छात्रतर्फ
बिनोद गुरुङ सरस्वती आवि प्रथम, रेशम घले हिलेपोखरी आवि द्वितीय, रोविन गुरुङ ढाडखर्क आवि तृतीय
कक्षा ४-५ छात्रातर्फबाट
सम्झना गुरुङ सरस्वती आवि प्रथम, अनुस्का नेपाल मण्डली मावि द्वितीय, सृष्टि परियार अन्नपूर्ण आवि द्वितीय, सिमा गुरुङ हिलेपोखरी आवि तृतीय, सोविता गुरुङ सुन्दर आवि सान्त्वना भएका थिए ।
बागमती प्रदेशका निवर्तमान सांसद जगत सिंखडाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पालिका उप प्रमुख रामेश्वर सिंखडा, वडा अध्यक्ष कुमार अधिकारी, विद्यालयका प्रधााध्यापकहरुको आतिथ्यता रहेको थियो ।
विद्यार्थीमा आन्तरिक प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र यस्ता प्रतियोगिताले विद्यार्थीहरुको मनोबल बढाउने साथै उनिहरुको सर्वाङ्गिण विकास हुने लक्ष्य लिईएको वडा अध्यक्ष कुमार अधिकारीले बताए ।