गङ्गाजमुनाको अन्तर मावि शैक्षिक प्रदर्शनीमा पासाङचोक महादेव मावि प्रथम

Avatar photo
Dhadingpost
सोमवार, पुस ८, २०८१

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित पालिका स्तरिय अन्तर मावि शैक्षिक प्रदर्शनीमा पासाङचोक महादेव मावि प्रथम भएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखा गङ्गाजमुनाका सुमित चौधरीका अनुसार ११ वटा माध्यामिक विद्यालय मध्य ८ वटा विद्यालयका विद्यार्थीहरुले उक्त कार्यक्रममा भाग लिएका थिए । जस मध्य मण्डली मावि द्वितिय, महाकाली मावि तृतीय र तामाङ खर्क मावि सान्तोना भएका थिए ।

गाउँपालिकाको कार्यालय परिषरमा भएको उक्त प्रदर्शनीमा गाउँपालिकाका अध्यक्ष भक्त लामा, उपाध्यक्ष रामेश्वर सिंखडा, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।