गुम्दीमा अध्यक्ष कप भलिबल, गोरु जुधाई, डोरी, भाले चरी लगायतका खेल हुने

Avatar photo
Dhadingpost
आइतवार, पुस ७, २०८१

धादिङ । गङ्गाजमुना गाउँपालिकाको आयोजना र वडा नं. ३ को  साझेदारीमा गुम्दी पोखरा खेतमा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पौष ११ गते देखि हुने यस प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ५५ हजार ५५५, दोस्रोलाई ३३ हजार ३३३ र तृतीय हुनेलाई २२ हजार २२२ रहेको जननाईएको छ ।

भलिबल समापनको दिन अर्थात पन्ध्र पुसको दिन गोरू जुधाई प्रतियोगिता, आमा समुहको डोरी तान्ने खेल, भाले चरी र विष्कुट खाने खेलहरु समेतहुने बताईएको छ ।