धादिङ । धादिङ । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि काठमान्डु माभरिक्समा अनुबन्धित भएका प्रमोद श्रेष्ठलाई जिल्ला खेलकुद विकास समिति धादिङले आज विदाई गरेको छ ।
काठमान्डु माभरिक्सको भोलि देखि हुने क्लोजक्याम्पका लागि काठमाडौं जाने तयारीमा रहेका प्रमोदलाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले आज एनकेएलको पहिलो संस्करणको लागि सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् ।
धादिङ जिल्लाबाट पटक(पटक प्रदेश खेलेका प्रमोदले ११ औं र १३ औं राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनलाई काठमान्डु माभरिक्सले रेडरका रुपमा अनुबन्धन गरेको हो ।
एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् । हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी समेत अनुबन्धित गरिसकेका छन् ।