धादिङका प्रमोद श्रेष्ठ काठमान्डु माभरिक्समा अनुबन्धन

Avatar photo
Dhadingpost
सोमवार, पुस १, २०८१

धादिङ । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि ६ टिमले ड्राप्टबाट ८४ खेलाडी छनोट गर्दा धादिङका प्रमोद श्रेष्ठलाई रेडरका रुपमा काठमान्डु माभरिक्सले अनुबन्धन गरेको छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।

धादिङ जिल्लाबाट पटक-पटक प्रदेश खेलेका प्रमोदले ११ औं र १३ औं राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् ।

प्रशिक्षकहरूले रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन् । जसमा ६६ नेपाली र १८ विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् ।