
धादिङ । एडस अन्त्यको लागि सबैको अधिकार सुनिशिश्चित गरौं भन्ने मूल नाराका साथ धादिङ अस्पताल प्राङ्गणमा आज विश्व एडस दिवसको अवसर पारेर दीप प्रज्वलन गरिएको छ ।
धादिङ अस्पताल, स्पर्श नेपाल धादिङ, राष्ट्रिय एच.आई. भी.तथा एडस महासंघ नेपाल धादिङ,नेपाल रेडक्रस सोसाईटी धादिङ शाखा, जनस्वास्थ्य कार्यालय धादिङ, आयोजनामा र निलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न दीप प्रज्वलन कार्यक्रमलाई धादिङ अस्पतालका नि.अस्पताल निर्देशक डा.गगन अधिकारीले सम्बोधन गर्दै एड्स अन्त्यको लागि समुदायस्तरमा जनचेतना अभवृद्धि गर्नुपर्ने बताएका थिए ।
उनले एडस सर्नबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका उपायहरुबारे चर्चा गर्दै हालका वर्षहरूमा एडस न्यूनीकरण गर्न लागि स्वास्थ्यकर्मी कर्मचारीहरुले खेलेको भूमिकाको प्रसंशा गरे । साथै एड्स अन्त्यको लागि आगामी दिनहरुमा पनि यसरी नै हातेमालो गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै अगाडी बढ्नको लागि सबै हातेमालो गर्नको लागि सरोकारवाला सबैलाई अनुरोध गरे ।